१३ बैशाख २०८१, बिहिबार

चार्ल्स शोभराजको मुद्दाको सुनुवाई आज पनि भएन, राखियो ‘हेर्न नमिल्ने’ मा


चाल्र्स शोभराज

काठमाडौँ । सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज गुरुमुखको मुद्दाको सुनुवाई आज नगरी ‘हेर्न नमिल्ने’ मा राखेको छ ।

शोभराजको मुद्दामाथि आज बुधबार सर्वोच्चमा सुनुवाइको लागि पेशी तोकिएको थियो । सर्वोच्चमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो ।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । यसअघि शोभराजलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज उक्त विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश भएको थियो । रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !