२१ बैशाख २०८१, शुक्रबार

गाडी भाडा घट्यो, कुन रुटको भाडादर कति पुग्यो ? (सूचीसहित)


सार्वजनिक सवारी

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाउदै नयाँ भाडादर सार्वजनिक गरेको हो ।

आज आइतबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर घटेको जानकारी गराएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेसंगै सार्वजनिक सवारी साधनको भाडा समेत घटेको हो । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले करिव साढे सात प्रतिशतसम्म भाडा घटाएको छ । विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजल/मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ कायम गरिएको भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो ।

हेर्नुहोस् नयाँ भाडादर कुन रुटको कति पुग्यो ?

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ

गाडी भाडा फेरि बढ्यो, कुन रुटको कति पुग्यो ? (सूचीसहित)

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले बढायो सार्वजनिक सवारी साधनको भाडा, कहाँ कति ? (सूचीसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !