८ बैशाख २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ


पेट्रोलियम पदार्थ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । आयल निगम सञ्चालक समितिको आज बिहान बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजल/मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ कायम गरिएको भएको छ ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । यो निर्णय आज शनिबार राती १२ बजेदेखि कार्यान्वयनमा आउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

नेपाल आयल निगमले ६ दिनअघि आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । सो समयमा निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएपछि मूल्य वृद्धिको चौतर्फी चर्को विरोध भइरहेको थियो ।

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका सन्दर्भमा आपूर्तिमन्त्री बडूको राष्ट्रिय सभालाई जवाफ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई भाडा पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुख सापकोटाको रुलिङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर १९९ र डिजेल-मट्टीतेल १९२


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !