२४ बैशाख २०८१, सोमबार

गाडी भाडा फेरि बढ्यो, कुन रुटको कति पुग्यो ? (सूचीसहित)


सार्वजनिक सवारी साधन

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

आज शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । गत जेठ ११ जेठ गते मात्रै विभागले सार्वजनिक सवारी साधनको गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

विभागका अनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजन गर्ने नीति अनुरुप भाडा बढाएको विभागले जनाएको छ ।विभागका अनुसार बढेको भाडा २७ जेठबाटै लागू हुने जनाएको छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विभागले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । निगमले हिजो बिहीबार राति १२ बजेदेखि लागू हुने पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढाएको हो ।

निगमका अनुसार अब मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्ने भएको छ । यद्यपि निगमले खाना पकाउने एलपी ग्यास र र हवाई इन्धनको मूल्य भने यथावत राखेर बढाएको छैन ।

निगमले गत सातामात्र पेट्रोल, डिजेल-मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।

हेर्नुहोस् नयाँ भाडादर कुन रुटको कति पुग्यो ?

यो पनि पढ्नुहोस्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले बढायो सार्वजनिक सवारी साधनको भाडा, कहाँ कति ? (सूचीसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !