२३ बैशाख २०८१, आइतबार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह ७६५ मतसहित विजयी भएका छन् । सिंहले प्रतिस्पर्धी हुमनाथ कोइराला र निकोलष पाण्डेलाई पराजित गर्दै विजयी भएका छन् ।

स्रोतका अनुसार उनीहरूले क्रमशः ३२ र ३३७ मत प्राप्त गरे । त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् । लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरी कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रोशन दाहाल विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !