२० बैशाख २०८१, बिहिबार

जनमत पार्टीका कार्यकर्ताको कुटपिटबाट डा. सिंह घाइते


डा. सिके राउत

काठमाडौं । जनमत पार्टीका कार्यकर्ताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश कुमार सिंहमाथि आक्रमण गरेका छन् ।

सीके राउत नेतृत्वको सो पार्टीका कार्यकार्ताले डा. सिंहलाई जनकपुरको पिडारी चोकमा गाडी तोडफोडका साथै कुटपिट गरेका थिए । सो क्रममा डा. सिंहको मुखमा गम्भीर चोट लागेको छ भने ओठमा आठवटा टाँका लगाउनु परेको छ ।

घाइते साहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !