कञ्चनपुरमा मदिरा सेवनपछि भएको कुटपिटमा १ जनाको मृत्यु Nepalpatra कञ्चनपुरमा मदिरा सेवनपछि भएको कुटपिटमा १ जनाको मृत्यु
९ श्रावण २०७८, शनिबार

कञ्चनपुरमा मदिरा सेवनपछि भएको कुटपिटमा १ जनाको मृत्यु


झगडा

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा १ जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको आज मृत्यु भएको हो ।

स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो । मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम नाथले बताए ।

मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् । मृत्युपछि आरोपित पालसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !