काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय Nepalpatra काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय
३० बैशाख २०७८, बिहिबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा भोलि बुधबार मध्यरात सकिँने भएकोले अब फेरि एक साता समय थप गरिएको हो ।

साथै अतिआवश्यक पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !