७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा भोलि बुधबार मध्यरात सकिँने भएकोले अब फेरि एक साता समय थप गरिएको हो ।

साथै अतिआवश्यक पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !