१३ बैशाख २०८१, बिहिबार

यी हुन् धन प्राप्ति हुने ३० सपनाका शुभ संकेतहरु, जानी राख्नुहोस्


धन प्राप्ति हुने सपना

सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । बच्चादेखि वृद्धसम्म सपना देख्ने हुन्छ । भनिन्छ सपनाले भावी दिनको संकेत गर्छ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ ।

प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् ।

हामीले देख्ने सपनाहरुका शुभ र अशुभ फलहरु प्राप्त हुने गरेका छन् । कतिपय यस्ता सपना हुन्छन् जसले हाम्रो जीवनको सफलता र सुख प्राप्ततर्फ अग्रसर गराउंदछ ।

सपनाले भविष्यमा हुने घटनाको संकेत गर्दछ । केहि यस्ता सपनाहरु छन्, जुन तपाईले देख्नुभयो भने भविष्यमा धन तथा पद प्राप्ति हुनेछ । आउनुहोस् यदि तपाईले सपनामा के देख्दा धन प्राप्ति हुन्छ भन्ने विषयमा चर्चा गरौ ।

१. फलफुल लागेको वृक्ष देखेमा धन प्राप्त हुनेछ ।

२. सर्पले टोके अकस्मान धन प्राप्त हुनेछ ।

३. जुका, सर्प, बिच्छि देखेमा धन, पुत्र, विजय, प्रतिष्ठा पाइनेछ ।

४. दाह्रा भएको सुँगुर, सीङ भएको जनवार, बादर आदिले कष्ट दिएको देखेमा धन तथा पद पाइनेछ ।

५. माछा, मासु, मोती शंख, श्रीखण्ड, हीरा सपनामा देीखए धन तथा सम्पत्ति प्राप्त हुनेछ ।

६. रक्सी, रगत, सुवर्ण र बिष्ठा देखेमा धन प्राप्त हुनेछ ।

७. देव प्रतिमा वा शिवलिङग् देखेमा धन तथा प्रतिस्पर्धामा विजय हुनेछ ।

८. सपनामा वेलको वृक्ष फले फुलेको, आमको वृक्ष देखेमा अकस्मात धन प्राप्ती हुनेछ ।

९. बलेको आगो देखेमा धन, बल, बुद्धि, ऐष्वर्य प्राप्त हुनेछ ।

१०. अमलाको दाना, लप्सी, रातो कमल-पुष्प देखेमा धन प्राप्त हुनेछ ।

११. सपनामा सेतो वस्त्र तथा सेतो माला पहिरेकी महिलाले अंकमाल गरेको देखेमा लक्ष्मी प्राप्त भई सुख शान्ति मिल्दछ ।

१२. सपनामा प्रशन्न भएका ब्राहणले अंकमाल गरे विपनामा तीर्थ स्नान र धन प्राप्ती हुनेछ ।

१३. पुन्यात्मा व्यक्तिलाई ब्राहणले फूल दिएको देखेमा प्रतिस्पर्धामा विजय, धन तथा तीर्थ स्नान हुनेछ ।

१४. उत्तम गहना, राम्रा वस्त्र पहिरेकी नारी हातमा पाथी लिएर आफ्नो घरमा प्रवेश गरेको देखेमा बिपनामा धन सम्पत्ति पाइनेछ ।

१५. सपनामा राम्री नारी आएर घरमा दिसा पिसाव गरेको देखेमा अकस्मात धन वृद्धि हुनेछ ।

१६. सपनामा गोरोचन, बेसार, उखु, घिउ पाएको देखेमा सुख तथा धन प्राप्ति हुनेछ ।

१७. यदि सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

१८. यदि कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

१९. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ ।

२०. जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ ।

२१. जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

२२. यदि सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ ।

२३. यदि कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

२४. सपनामा होस वा विपनामा कहिँ जान लागेको समयमा वा यदि कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

२५. यदि कसैले सपनामा दियो बालेको वा कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

२६. यदि सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला वा खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

२७. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

२८. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा वा उल्टी गरेको चिज देखे वा खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिकासँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

२९. सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ति हुने योग बन्छ ।

३०. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

यो पनि पढ्नुहोस्

सपनामा यदि तपाईले आफ्नी प्रेमिकालाई देखेमा के फल प्राप्त हुन्छ ?

जानिराखौं, तपाईले कस्तो सपना देख्दा के फल प्राप्त हुन्छ ?

थाहा पाउनुहोस्, यी ५ सपना झुक्किएर पनि अरुलाई सुनाउन हुँदैन

हामीले यी कुराहरु सपनामा देख्यो भने शुभ फल प्राप्त हुन्छ !

आफैं उडेको सपना देखे के हुन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !