१३ बैशाख २०८१, बिहिबार

आफैं उडेको सपना देखे के हुन्छ ?


आफैं उडेको सपना

हरेक मान्छेले विभिन्न खालका समपनाहरु देखिन्छन् । कतिपय मानिसहरु अहिले पनि सपनामा देखिएका कुरालाई लिएर डराउने गरिन्छ । अनि कहिले काँही त एकदमै अनौठो प्रकृतिको पनि हुन्छ ।

कतिपयले आफैं मरेको सपना पनि देख्नछ । अनि कतिपयले अलिक असामान्य गरि सपनामा उडेको, नयाँ नौलो ठाउँमा गएको, नयाँ मान्छेसँग भेट भएको पनि देख्छन् ।

आफुँले चाहेको देख्न नसकिने अनि देखेको पनि सबै पुरा नहुने हुँदा सपना बारे धेरै रोचकता मानिएको छ । वैज्ञानिकहरुको पनि ठ्याक्कै सपना के हो र यसको प्रतिफल यहि हो भन्ने निष्कर्षमा पुगेका छैनन् । तथापी सपनाको विषय एउटा खोजको रुपमा रहेको छ ।

केहि सोधकर्ताले केहि सपनाको बारेमा तथ्यहरु

  • आफै उडेको देखे – समस्या समाधान हुनु
  • लडाई भएको देखे – प्रसन्नता प्राप्त
  • लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग
  • गोबर देखे – पशुको व्यापारमा लाभ
  • सुपारी देखे – रोगबाट मुक्ति
  • लठ्ठी देखे – आराम प्राप्ति
  • खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना
  • सलाई कोर्नु – धन प्राप्ति हुनु
  • लाश देखे – रोगवाट मुक्ति
  • चुरा देखे – सौभाग्य वृद्धि
  • चन्द्रमा देखे – सम्मान मिल्ने
  • खेतमा पाकेको गहु देखे – धन लाभ
  • सेतो सर्पले टोकेको देखे – धन प्राप्ति
  • नदीको पानी पिएको देखे – सरकारवाट लाभ
  • कपास देखे – रोग निको हुने
  • कुकुर देखे – पुरानो मित्रसंग मिलन
  • जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि
  • गाडेको धन देखे – अचानक धन लाभ
  • मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने
  • पर्खाल देखे – सम्मान बढ्ने
  • सुन्दरी महिला देखे – प्रेममा सफलता
  • छुरी देखे – संकटबाट मुक्ति (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !