७ बैशाख २०८१, शुक्रबार

जानिराखौं, तपाईले कस्तो सपना देख्दा के फल प्राप्त हुन्छ ?


सुतेर

उच्चकोटिका तान्त्रिक डा. नारायणदत्त श्रीमालीको “सुबोध स्वप्न ज्योतिष”मा कुन सपना देख्दा के फल पाइन्छ भनी उल्लेख गरिएको छ ।

सपना

  • चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ ।
  • पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ ।
  • बच्चा हिँडेको देख्दा कतै फँसेको धन फिर्ता पाइन्छ ।
  • खाटमा सुतेको देख्दा वैभव प्राप्ति हुन्छ ।
  • खुल्ला ढोका देख्दा कसैसँग मित्रता हुन्छ ।
  • बन्द ढोका देख्दा धनहानि हुन्छ ।
  • चश्मा लगाएको देख्दा ज्ञान बढ्छ ।
  • पुरी खाँदा प्रसन्न पार्ने समाचार पाइन्छ ।
  • माहुरी देख्दा मित्रहरूसँगको प्रेम बढ्छ ।
  • आफू उडेको देख्दा कुनै समस्याबाट छुटकारा पाइन्छ ।
  • गहनागुरिया देख्दा कुनै काम पूर्ण हुन्छ ।
  • लाश देख्दा बिरामी निको हुन्छ ।
  • चन्द्रमा देख्दा सम्मान पाइन्छ ।
  • रातो फूल देख्दा भाग्य चम्किन्छ ।
  • कुकुर देख्दा पुरानो साथीसँग भेट हुन्छ ।
  • झरना देख्दा दुःखको अन्त्य हुन्छ ।
  • इनारमा पानी देख्दा धनलाभ हुन्छ ।
  • चन्दन देख्दा शुभ समाचार प्राप्त हुन्छ ।
  • तासको पत्ती देख्दा समस्या बढ्छ ।
  • औंठी लाएको देख्दा सुन्दर स्त्रीसँग मित्रता हुन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !