१२ बैशाख २०८१, बुधबार

सपनामा यदि तपाईले आफ्नी प्रेमिकालाई देखेमा के फल प्राप्त हुन्छ ?


सुन्दर केटी

सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । बच्चादेखि वृद्धसम्म सपना देख्ने हुन्छ । भनिन्छ सपनाले भावी दिनको संकेत गर्छ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ ।

प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् ।

हामीले देख्ने सपनाहरुका शुभ र अशुभ फलहरु प्राप्त हुने गरेका छन् । कतिपय यस्ता सपना हुन्छन् जसले हाम्रो जीवनको सफलता र सुख प्राप्ततर्फ अग्रसर गराउंदछ ।

सपनाले भविष्यमा हुने घटनाको संकेत गर्दछ । सपनामा हामीले प्रेमिकालाई बिभिन्न अवस्थामा देख्दा के हुन्छ भन्ने बारेमा अब जानी राखौ । आउनुहोस् यदि तपाईले प्रेमिकालाई सपनामा देख्दा कस्तो फल प्राप्ति हुन्छ भन्ने विषयमा चर्चा गरौ ।

१. सपनामा तपाईंले आफ्नो प्रेमिकालाई देख्नु एक शुभ सपना हो । यसले तपाई र प्रेमिकावीचको सम्बन्ध अत्यन्तै प्रगाढ रहेको छ भन्ने संकेत गर्दछ । यसले प्रेम जीवनमा सकारात्मक उर्जा थपिने र सम्बन्ध उचाईमा पुग्ने निश्चित हुन्छ ।

२. सपनामा प्रेमिकाको साथ आफूलाई देख्नु एक शुभ सपना भएकोले यसले शारीरिक र मानसिक सुख प्राप्तिको दिन नजिकिदै गरेको संकेत गर्दछ ।

३. सपनामा प्रेमिकालाई किस गरेको देखे रोकिएका कामहरु बन्ने र कार्य सफल हुने संकेत गर्दछ ।

४. सपनामा प्रेमिकालाई रातो रंगको बस्त्र धारण गरेको देखेमा प्रेम जीवन सफल हुनुको साथै सम्वन्ध पनि मजबुत हुने संकेत गर्दछ ।

५. सपनामा प्रेमिकाले कुनै मिठो बस्तु खाएको देखेमा प्रेम जीवन सफलतातर्फ उन्मुख हुने संकेत गर्दछ ।

६. सपनामा प्रेमिकालाई अँगालो हालेको देखे यसलाई शुभ सपना मानिएको छ, यसले सुखद भविष्यको संकेत गर्दछ । यसले तपाईलाई भविष्यमा चाँडै नै धनप्राप्ति हुनेछ ।

७. सपनामा प्रेमिकासँग घुम्न गएको देखियो भने त्यही प्रेमिकासँग पछि दाम्पत्य जीवन सुमधुर हुन्छ ।

८. सपनामा अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाइन्छ । बैदिक शास्त्र भन्छ, यदि सपनामा अप्सराको दर्शन प्राप्त भयो भने भिखारी पनि मालामाल हुन्छन् ।

९. कुनै पुरुषले सपनामा युवतीलाई चुम्बन गर्यो वा संसर्ग गर्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ ।

१०. सपनामा तास खेलिरहेकी युवती देखियो भने सम्मान प्राप्ति हुन्छ र धनसम्पत्ति पनि बढ्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !