१४ बैशाख २०८१, शुक्रबार

विवाह गरेको ६८ वर्षका वृद्ध हजुरबाबु भएको थाहा भएपछि…


विवाह

करोडपति वृद्धसँग कतिपय युवतीले विवाह गरेको घटना सुनिदै आइएको छ । एक युवतीले वृद्धसँग विवाह गर्दा आफै आश्चर्यमा पर्ने अवस्था बनेको छ । युवतीले ६८ वर्षका बृद्धसँग विवाह गरेको ३ महिनापछि आफ्नै हजुरबुवा भएको थाहा पाएकी छिन् । त्यसै पनि विवाहमा उमेरको बेमेल र ३ महिना पछि आएर श्रीमान आफ्नै हजुरबुबा भएको थाहा हुनु कस्तो संयोग । युवती अप्ठ्यारोमा परेकी छिन् । यो घटना अमेरिकाको हो । युवती केही महिना यता ६८ वर्षका बृद्धसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । यी दुईजनाको अनलाइन डेटिङबाट चिनजान भएको थियो । लिभिङ टुगेदरमा बस्दै आएपछि विवाह गर्ने योजना अनुसार उनीहरुले विवाह गरे । विवाह भएको ३ महिना पछि पतिले आफ्नो पारिवारिक फोटोका एल्बम देखाए । एल्बम हेर्दै जाँदा उनीहरुले टेकेको जमिन खसेजस्तै भयो ।

एल्बममा उनकी पहिलो पत्नीबाट जन्मेका बच्चाहरुको तस्वीर पनि थिए, जसलाई धेरै समयदेखि भेटेका थिएनन् । एल्वम हेर्ने क्रममा पतिसँग सँगै बसेका एक व्यक्तिमा उनको नजर गयो र सोधिन यो को हो ? उनले भने यो मेरो जेठो छोरो हो । उनको जेठो छोरा ती युवतीको आफ्नै पिता थिए । उनलाई विश्वासै गर्न गाह्रो भयो । जुन अहिले स्विकारेको पति हजुरबुवा र उनका छोरा आफ्नै बुवा थिए ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !