२५ बैशाख २०८१, मंगलबार

ग्वार्काेको उज्ज्वल पेट्रोल पम्पमा आगलागी


आगलागी

ललितपुर । ललितपुर महानगपालिका–१७ ग्वार्काेस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “पम्पमा क्षति भएको छैन त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !