१५ बैशाख २०८१, शनिबार

झापामा करेन्ट लागेर १ जनाको मृत्यु


करेन्ट

झापा, बैशाख २१ । झापाको बुद्धशान्ति गाउँपालिका-१ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका साँढे ७ बजेको समयमा आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !