१२ श्रावण २०८१, शनिबार

त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित ५ जना पक्राउ


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा बढी सुनसहित ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विमानस्थलका सफाइ कर्मचारीसहित ५ जना पक्राउ पारेक छन्।

पक्राउ पर्नेमा विमानस्थलको सरसफाइमा खटिएका कर्मचारी पाँचथरका २८ वर्षीय भीमकुमार माबोल र नुवाकोटका २७ वर्षीय सुमन तामाङ रहेका छन् । उक्त घटनामा उदयपुरका–२ का २८ वर्षीय राजेश राई, दोलखाका हेम बहादुर थापा र सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरी समेतको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !