जापानी हास्य अभिनेता केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु Nepalpatra जापानी हास्य अभिनेता केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु
२२ फाल्गुन २०७७, शनिबार

जापानी हास्य अभिनेता केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु


केन शिमुरा

चैत १७, टोकियो । जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ७० वर्षीय केनको आइतबार साँझ निधन भएको जापानी समाचार संस्था क्योदोले जनाइएको छ । उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए ।

२० मार्चमा उनलाई अस्वस्थ महसुस भएपछि मार्च २० मा अस्पताल भर्ना गरिएको थियो । मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो । कोरोनाभाइरस परीक्षणको नतिजा ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिदैँ आएको थियो । जापानमा कोरोना भाइरसबाट मृत्यु हुने उनी पहिलो सेलिब्रेटी हुन् ।

शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो । सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियन मध्येका एक हुन । जापानमा सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने १८६६ जना संक्रमित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !