७ बैशाख २०८१, शुक्रबार

जापानी हास्य अभिनेता केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु


केन शिमुरा

चैत १७, टोकियो । जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ७० वर्षीय केनको आइतबार साँझ निधन भएको जापानी समाचार संस्था क्योदोले जनाइएको छ । उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए ।

२० मार्चमा उनलाई अस्वस्थ महसुस भएपछि मार्च २० मा अस्पताल भर्ना गरिएको थियो । मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो । कोरोनाभाइरस परीक्षणको नतिजा ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिदैँ आएको थियो । जापानमा कोरोना भाइरसबाट मृत्यु हुने उनी पहिलो सेलिब्रेटी हुन् ।

शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो । सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियन मध्येका एक हुन । जापानमा सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने १८६६ जना संक्रमित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !