२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु


मृत्यु

वीरगन्ज, साउन १६ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ । हिजो बिहीबार राति साढे ११ बजे नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत उनको मृत्यु भएको हो ।

वीरगञ्ज-११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । उनी मुटुको रोगी थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो ।

कोरोना संक्रमण भएपछि उनको अवस्था गम्भिर भएको थियो । बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. उपाध्यायले बताएका छन् ।

उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु