२० बैशाख २०८१, बिहिबार

तान्जानियाको पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन


बेन्जामिन मकापा

डर ए सलाम, ९ साउन । तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उहाँ देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो । उहाँले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गर्नु भएको थियो ।

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो । आउनुहोस्, हामी उहाँहरूका लागि प्रार्थना गर्रौ र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गर्नु भएको छोटो सम्बोधनमा बताउनु भएको छ । मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन् ।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो । उहाँले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गर्नु भएको थियो । उहँो देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गर्नु भएको थियो ।

राष्ट्रपति हुनुअघि उहाँले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हाल्नु भएको थियो । राष्ट्रपति हुनु भन्दा अघि उहाँँ संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा पनि हुनु भएको थियो ।

उहाँको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !