१५ बैशाख २०८१, शनिबार

सत्य निरुपण तथा बेपत्ता आयोगको पुनर्गठन माग गर्दै : त्रिपाठी


२४ पुस, काठमाण्डौ । मानव अधिकारवादीले बेपत्ता आयोगको अध्यादेशमार्फत म्याद नथपी पुन: गठनको माग गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रम गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले पीडितको पक्षमा कुनै पनि परिणाम दिन नसकेको भन्दै पुनः गठनको माग गरेका हुन् ।

विश्व वकालत मञ्चका अध्यक्ष एवम् संविधानविद् दिनेश त्रिपाठीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको म्याद थप्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको दुई वर्षे अवधि सकिएर पनि थपेको एक वर्ष सकिँदा पनि कुनै प्रकारको उपलब्धि हासिल नभएको भन्दै अध्यक्ष त्रिपाठीले अध्यादेश मार्फत फेरी एक वर्ष म्याद थप्न लागिएकोमा आपत्ति प्रकट गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !