१५ बैशाख २०८१, शनिबार

चोरीको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ


चोरीको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ

मोरङ, असार २३ । मोरङको पथरी शनिश्चरे नगरपालिका-९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका-२ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको थियो ।

सो जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका-२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !