४ जेष्ठ २०८१, शुक्रबार

नवलपुरमा थप ४ जनामा काेराेना पुष्टि, यस्तो छ उनीहरुको यात्रा विवरण


राेना संक्रमित यात्रा विवरण People in protective masks. Individual protection, transport and public place. Coronavirus quarantine, world epidemic or pandemic. Man woman in train or subway take distance vector illustration

नवलपुर, २५ जेठ । आज विहानै नवलपुर जिल्लामा थप ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्वर २ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेठ २० गते हुप्सेकोटबाट पठाइएको ४५ स्वावको नमुना मध्ये ४ जनामा पोजेटिभ देखिएको हो । अहिले १ जना विरामीलाई स्वास्थ्यमा समस्या भएकाले हिजो साँझ भरतपुर अस्पतालमा लागिएको छ र ३ जनालाई रजहर स्थित प्राकृति चिकिस्तालयमा राखिएको छ ।

जनस्वास्थ्य प्रयोगशाला पोखरामा कोरोना परिक्षणका लागि पठाइएको ४५ जनाको स्वाव मध्य आज विहान ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउपलिका वडा नम्वर २ का ३५ वर्षका दुई जना, २० र ४५ वर्षका एक एक जना गरि ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

संक्रमण देखिएका ४ जना नै वडा नम्वर २ मा रहेको जनता आधारभुत विधालयको क्वारेन्टाइनमा रहेका थिए भने अन्य वाह्य व्यक्ति एवम् परिवारसंग भेटघाट नगरेको जनाइएको छ । गत जेष्ठ ११ गते भारतको हिमाञ्चलवाट हिडेका उनीहरु जेष्ठ १४ गते सुनौली आइपुगी गाउँपालिका वटा गएको वसमा आएर जनता आधारभुत विधालयको क्वारेन्टाइन्मा वसेका थिए । उनीहरुसंगै आउने तथा सम्पर्कमा आउने व्यक्तिहरको खोज गर्ने कार्य जारी रहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !