२२ बैशाख २०८१, शनिबार

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो ११, आज १ जना निको भएर फर्किए घर


अंशु सापकोटा

१२ वैशाख, काठमाडौं । आज १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ११ पुगेको छ । यसअघि १० जना संक्रमित निको भएर घर फर्किसकेका थिए ।

आज नेपालको पाँचौं कोरोना संक्रमित बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकी हुन् ।

धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई आज शुक्रबार राती १० बजे डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिएका छन् । उनको लगातार दुई पटक पाँचौ र छैठौं परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई अस्पतालले निको घोषित गरेको हो। यसअघि चारवटै परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो। महिला भने यसअघि नै निको भएर घरमा छिन्।

उनी गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन् । गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन् । गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक-दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो ।

उनीसँगै आएकी ६५ वर्षीय मनकुमारी पौडेललाई पनि कोरोना पोजिटिभ भएको थियो । गत शनिबार पौडेल निको भएर डिस्चार्ज भइसकेकी छन् । पौडेल र सापकोटालाई लिन गएका एक आफन्तको भने स्वाब परीक्षण नेगेटिभ आइसकेको छ ।

हिजो पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला २ जना, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका-१ की ५० वर्षीया कोरोना संक्रमित महिला उपचारपछि निको भएर घर फर्किएकी थिए । नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ ।

यसअघि चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला, धनगढीको सेती प्रादेशिक अस्पतालबाट २१ र ३२ वर्षीय युवा,  सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष, टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष निको भएर डिस्चार्ज भइसकेका छन् । आज १  जना र यसअघि १० जना संक्रमित निको भएर घर फर्किएसंगै आजसम्म जम्मा ११ जना निको भएर घर फर्कीसकेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !