४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर


बागलुङकी कोरोना संक्रमित वृद्धा

११ वैशाख, काठमाडौं । आज ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १० पुगेको छ । यसअघि ७ जना संक्रमित निको भएर घर फर्किसकेका थिए ।

आज पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला २ जनालाई उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।

त्यस्तै कैलाली जिल्ला लम्कीचुहा नगरपालिका-१ की ५० वर्षीया कोरोना संक्रमित महिला पनि आज बिहीबार उपचारपछि निको भएर घर फर्किएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको थियो । लगातार २ पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले बताएको छ ।

हिजो सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष १९ दिनको उपचारपछि र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष २९ दिनको उपचारपछि २ जनालाई डिस्चार्ज गरिएको थियो । नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ ।

यसअघि चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला, धनगढीको सेती प्रादेशिक अस्पतालबाट २१ र ३२ वर्षीय युवा निको भएर डिस्चार्ज भइसकेका छन् । आज ३ जना र यसअघि ७ जना संक्रमित निको भएर घर फर्किएसंगै आजसम्म जम्मा १० जना निको भएर घर फर्कीसकेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४७ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !