१९ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ४७ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित


डा. विकास देवकोटा

११ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जना पुष्टि भएको छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जसअनुसार जनकपुरका १४ वर्षीय किशोर र उदपयुरकी ५५ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका हुन् । त्यस्तै आज २ जना कोरोना संक्रमित अस्पतालवाट डिस्चार्ज भएका छन् ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकी हुन् । उक्त क्षेत्रमा अहिलेसम्म संक्रमित २५ जनाको विराटनगरस्थित कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

आज पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला २ जनालाई उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज गरिएको छ । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।

हिजो मात्र सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष १९ दिनको उपचारपछि र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष २९ दिनको उपचारपछि २ जनालाई डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो । अन्य डिस्चार्ज नभएका संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन कोरोनाका ११ संक्रमित थपिए

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ४०

उदयपुरमा आज १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३२

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि

फेरि उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !