२४ बैशाख २०८१, सोमबार

फेरि उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

९ फागुन, काठमाडौं । उदयपुर जिल्लामा फेरि थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा पहिला कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !