२० बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित


डा. विकास देवकोटा

१० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ३ जना पुष्टि भएको छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जसअनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका हुन् । बीपी कोइराला प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोनो पोजिटिभ देखिएको हो ।

उनीहरु पनि उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्यहरु पनि भएको जानकारी प्राप्त भएको छ । उनले हाल उनीहरु क्वारेन्टाइन्मा रहेको र अस्पताल ल्याउने तयारी गरिरहेको बताएका छन् ।

आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष १९ दिनको उपचारपछि र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष २९ दिनको उपचारपछि २ जनालाई डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो ।

हिजो मात्र उदयपुरका एकैदिन ११ जना कोरोना भाइरसका संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या ४२ पुगेको थियो । अहिलेसम्म ७ जना भने निको भएर घर फर्किसकेका छन् । अन्य डिस्चार्ज नभएका संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन कोरोनाका ११ संक्रमित थपिए

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ४०

उदयपुरमा आज १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३२

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि

फेरि उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !