२० बैशाख २०८१, बिहिबार

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो


कोरोना पोजेटिभ

५ वैशाख, काठमाडौं । चीनवाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) वाट नेपालमा आज शुक्रवार एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।

जस अनुसार उदयपुरमा १२ जना र चितवनमा २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका २ जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा र छोरा हुन् । उदयपुरका नयाँ संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल ल्याइएको छ।

मन्त्रालयका अनुसार कोरोना पुष्टि हुने पुरुषमा २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष १/१ जना, २९ वर्षीय २ जना र २८ वर्षीय पुरुष ४ जना रहेका छन् । यी संक्रमितमध्ये ११ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक भएको पुष्टि भएको छ । त्यसैगरी चितवमा २७ वर्षीय र ६३ वर्षीया २ जनामा कोरोना देखिएको हो ।

यसअघि नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको थियो । जसमध्ये १ जना निको भएर डिस्चार्ज भएका छन् । अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार संक्रमित २ जनाको टेकु अस्पताल काठमाडौँमा, २ जनाको पाटन अस्पताल ललितपुरमा, २ जनाको धौलागिरी अस्पताल बाग्लुङमा, ५ जनाको सेती अञ्चल अस्पताल धनगढीमा, ४ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ ।

पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । पहिलो कोरोना संक्रमित उनी हाल भने उपचारपछि निको भएर घर फर्किएका छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

त्यस्तै सातौ संक्रमित भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, आठौ भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नवै कैलालीकी ३४ वर्षीय महिला हुन् । यी ३ नै जना सुदूरपश्चिमका हुन् । दशौ, एघारौ र बार्हौ ३ जना बर्ष ३७, ५५ र ४४ का भारतीय नागरिकहरु हुन् । उनीहरु मुस्लिम धर्मगुरु रहेको बुझिएको छ भने उनीहरुमध्ये २ जना उत्तर प्रदेशका र १ जना दिल्लीका भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

तेह्रौ संक्रमित कैलालीकी ६५ बर्षीया बृद्धा र चौधौ संक्रमित १९ बर्षीय रौतहटका १९ वर्षीय यूवा, पन्ध्रौ संक्रमित काठमाडौँका ५८ बर्षीय पुरुष, सोर्हौ ८१ बर्षीया बृद्धा महिलासंगै अहिलेसम्म जम्मा संक्रमित संख्या १६ पुगेको थियो भने आज नयाँ १४ जना संक्रमित गरी नेपालमा जम्मा संक्रमितको संख्या ३० जना पुगेको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !