२२ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण


कोरोना पोजेटिभ

वैशाख २, काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ गर्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आफ्नो सामाजिक संजाल फेसबुक पेजमार्फत सो कुराको जानकारी दिएको थियो ।

हिजो कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये १ जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू ३ साता बेलायत बसेर फर्किएका हुन् ।

उनीहरुको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा ५८ बर्षीय छोरा र ८१ बर्षीया आमा २ जनाको रिपोर्ट पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने साथै बाँकी बुहारी १ जनाको बाँकी १ जनाको भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका गराउदै सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरूसंग संलग्नहरूको ट्राकिङ्ग सुरू भएको पनि मन्त्रालयले बताएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ । अहिले अपार्टमेन्टमा यो ब्लकलाई प्रहरीले सिल गरेको छ ।

नेपालमा कोरोना संक्रमित १६ जनामध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने संक्रमित २ जनाको टेकु अस्पताल काठमाडौँमा, २ जनाको पाटन अस्पताल ललितपुरमा, २ जनाको धौलागिरी अस्पताल बाग्लुङमा, ५ जनाको सेती अञ्चल अस्पताल धनगढीमा, ४ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भईरहेको पनि प्रवक्ता डा. देवकोटाले बताएका छन् ।

यसअघि पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । पहिलो कोरोना संक्रमित उनी हाल भने उपचारपछि निको भएर घर फर्किएका छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

त्यस्तै सातौ संक्रमित भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, आठौ भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नवै कैलालीकी ३४ वर्षीय महिला हुन् । यी ३ नै जना सुदूरपश्चिमका हुन् । दशौ, एघारौ र बार्हौ ३ जना बर्ष ३७, ५५ र ४४ का भारतीय नागरिकहरु हुन् । उनीहरु मुस्लिम धर्मगुरु रहेको बुझिएको छ भने उनीहरुमध्ये २ जना उत्तर प्रदेशका र १ जना दिल्लीका भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

तेह्रौ संक्रमित कैलालीकी ६५ बर्षीया बृद्धा र चौधौ संक्रमित १९ बर्षीय रौतहटका १९ वर्षीय यूवा, पन्ध्रौ संक्रमित काठमाडौँका ५८ बर्षीय पुरुष, सोर्हौ ८१ बर्षीया बृद्धा महिलासंगै अहिलेसम्म जम्मा संक्रमित संख्या १६ पुगेको हो । हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ५, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १/१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।

यो पनि पढ्नुहोस्

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय, १२ दिन थपियो

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !