२१ बैशाख २०८१, शुक्रबार

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४


डा. विकास देवकोटा

वैशाख १, काठमाडौँ । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा अहिले विश्व नै तरंगित भएको छ । भाइरसका कारण नेपालमा पनि निकै प्रभाव परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका-१ लम्कीकी ६५ वर्षीया बृद्धा र रौतहट जिल्ला क्वारेन्टाइनमा बसेका १९ वर्षीय यूवामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या पुग्यो १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका हुन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । कोरोनाको आशंकामा क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक महिला र क्वारेन्टाइनमा बसेका यूवामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरु दुवै जना भारतबाट आएको पनि भनिएको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् भने अर्का पुरुष क्वारेन्टाइनमा थिए । नयाँ संक्रमित पुरुषलाई अस्पताल भर्ना गरिने भएको छ ।

संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ भने नेपालमा जम्मा १३ पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । पहिलो कोरोना संक्रमित उनी हाल भने उपचारपछि निको भएर घर फर्किएका छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

त्यस्तै सातौ संक्रमित भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, आठौ भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नवै कैलालीकी ३४ वर्षीय महिला हुन् । यी ३ नै जना सुदूरपश्चिमका हुन् । दशौ, एघारौ र बार्हौ ३ जना बर्ष ३७, ५५ र ४४ का भारतीय नागरिकहरु हुन् । उनीहरु मुस्लिम धर्मगुरु रहेको बुझिएको छ भने उनीहरुमध्ये २ जना उत्तर प्रदेशका र १ जना दिल्लीका भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

तेह्रौ संक्रमित कैलालीकी ६५ बर्षीया बृद्धा र चौधौ संक्रमित १९ बर्षीय रौतहटका १९ वर्षीय यूवासंगै अहिलेसम्म जम्मा संक्रमित संख्या १४ पुगेको हो । हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १/१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका १ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो पनि पढ्नुहोस्

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !