१९ बैशाख २०८१, बुधबार

बहराइनमा ३ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण


कोरोना भाइरस

९ चैत, काठमाडौं । बहराइनमा रहेका ३ नेपालीहरुलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यो समाचारको पुष्टि गरेका हुन् । कोरोना भाइरसको संक्रमणको आशंकामा थप ३ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिएका छन् ।

बहराइनमा बैदेशिक रोजगारीका लागि करिब ३५ हजार नेपाली जति रहेका छन् । बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएकोमा १२५ जनामा निको भइसकेका छन् भने १ जनाको मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !