२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमण ६२ दिन यताकै उच्च, एकैदिन ४९०४ जनामा पुष्टि


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३२१७ जनामा पिसिआर परिक्षण गर्दा ३१९४ जना र ५९०६ जनामा एन्टीजेन परिक्षण गर्दा १७१० जना गरी ४९०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यसरी कोरोना संक्रमण ६२ दिन यताकै उच्च भएर लगभग ५ हजार जनामा पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख २० हजार ६८० जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७१ हजार २३० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २११५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०१५० जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७९५ जना, ललितपुर जिल्लामा २३९ जना र भक्तपुर जिल्लामा १५२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ७ हजार ३९६ पिसिआर परीक्षण भएको छ भने ३ लाख ६९ हजार ६५० एन्टीजेन परीक्षण गरिएको छ भने ३८१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा र ३३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७६१ जना आईसीयूमा र १७६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु