२५ बैशाख २०८१, मंगलबार

देशभर थप ३६५१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४४५ जनामा पिसिआर परिक्षण गर्दा २६०९ जना र ६१४९ जनामा एन्टीजेन परिक्षण गर्दा १०४२ जना गरी ३६५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख १७ हजार ४८६ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६९ हजार ५२० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७८४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०११५ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६२४ जना, ललितपुर जिल्लामा १६५ जना र भक्तपुर जिल्लामा १७० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ९४ हजार १७९ पिसिआर परीक्षण भएको छ भने ३ लाख ६३ हजार ७४४ एन्टीजेन परीक्षण गरिएको छ भने ४४१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा र ३३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७४१ जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु