१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस जतिसक्दो चाँडो नेपालभरी फैलिनुपर्छ भन्दै भ्रम छर्दै दुर्गा प्रसाईं


दुर्गा प्रसाईं

झापा । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं कोरोना जतिसक्दो चाँडो नेपालभरी फैलिनुपर्ने बताएका छन् । उनले आफ्नो अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना लागेको र अब कहिले पनि नलाग्ने भन्दै अब देशभर कोरोना फैलिनुपर्ने बताएका हुन् ।

उनले एक पत्रकारसँग फोनमा कुरा गर्दै भनेका छन्, “कोरोना जतिसक्दो बढी फैलिनुपर्छ क्या, जतिसक्दो बढी । छिटो-छिटो फैलिनुपर्छ क्या । अनि यसको काम कार्यक्रमै सकिन्छ । यो कुरा लेख्दिनोस् मेरै ऊ दिएर, जति सक्दो चाँडो नेपालभरी फैलिनुपर्छ कोरोना ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !