२३ बैशाख २०८१, आइतबार

धरानको बिपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका २ जना बिरामीको मृत्यु भएको हो ।

विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी रहेका थिए ।

दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ । हालसम्म १२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !