२५ बैशाख २०८१, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६०० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५१ हजार ९१२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६३०० जना आइसोलेसनमा रहेकामध्ये ३४७७ संस्थागत आइसोलेसनमा र २८२३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

५११ जना कोरोना संक्रमितमध्ये ३०७ जना पुरुषहरु र २०४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १८३ जना पुरुषहरु र १२९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा २२५ जना, ललितपुर जिल्लामा ४९ जना र भक्तपुर जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !