काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि
१५ माघ २०७७, बिहिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४४० जना, ललितपुर जिल्लामा १२५ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ७१ हजार ९५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५४४७ जना आइसोलेसनमा रहेकामध्ये ५०५३ संस्थागत आइसोलेसनमा र १०३९४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३७ जना रहेका छन् ।

१२७२ जना कोरोना संक्रमितमध्ये ७८८ जना पुरुषहरु र ४८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३५९ जना पुरुषहरु र २४७ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !