११ बैशाख २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ७१ हजार ९५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५४४७ जना आइसोलेसनमा रहेकामध्ये ५०५३ संस्थागत आइसोलेसनमा र १०३९४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३७ जना रहेका छन् ।

१२७२ जना कोरोना संक्रमितमध्ये ७८८ जना पुरुषहरु र ४८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३५९ जना पुरुषहरु र २४७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४५० जना, ललितपुर जिल्लाका १२५ जना र भक्तपुर जिल्लाका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १५७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा १३४३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !