नेपालमा पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त Nepalpatra नेपालमा पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त
१४ माघ २०७७, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ७१ हजार ९५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५४४७ जना आइसोलेसनमा रहेकामध्ये ५०५३ संस्थागत आइसोलेसनमा र १०३९४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३७ जना रहेका छन् ।

१२७२ जना कोरोना संक्रमितमध्ये ७८८ जना पुरुषहरु र ४८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३५९ जना पुरुषहरु र २४७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४५० जना, ललितपुर जिल्लाका १२५ जना र भक्तपुर जिल्लाका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !