२३ बैशाख २०८१, आइतबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख २८ हजार नाघ्यो, थप ४०९६ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक १४ । नेपालमा पछिल्लो २४ घण्टामा ४०९६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२८९५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ३४ हजार ५३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८३५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २६६६ जना रहेका छन् ।

३५१७ जना कोरोना संक्रमितमध्ये २१५६ जना पुरुषहरु र १३६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११०७ जना पुरुषहरु र ७८१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १५०८ जना, ललितपुर जिल्लाका २४९ जना र भक्तपुर जिल्लाका १३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३५१७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६८२३५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख २४ हजार नाघ्यो, थप २३६४ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !