२३ बैशाख २०८१, आइतबार

काठमाडौँमा १५०८ सहित उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण पुष्टि


मौसम खुलेमा काठमाडौँ उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

काठमाडौँ, कार्तिक १४ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १५०८ जनासहित १८८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १५०८ जना, ललितपुर जिल्लाका २४९ जना र भक्तपुर जिल्लाका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९८९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ३४ हजार ५३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८३५७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २६६६ जना रहेका छन् ।

३५१७ जना कोरोना संक्रमितमध्ये २१५६ जना पुरुषहरु र १३६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ११०७ जना पुरुषहरु र ७८१ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३५१७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६८२३५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४०९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२८९५८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १३३८ सहित उपत्यकामा आज १६१५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !