५ जेष्ठ २०८१, शनिबार

काठमाडौँमा ६९६ सहित उपत्यकामा आज ८४३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक १२ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६९६ जनासहित ८४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६९६ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका २९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२४८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ९ हजार २९५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३९६४३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २८८९ जना रहेका छन् ।

१९५४ जना कोरोना संक्रमितमध्ये ११९६ जना पुरुषहरु र ७५८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४७५ जना पुरुषहरु र ३६८ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९५४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६२३५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२१८२४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा २२५ सहित उपत्यकामा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !