५ जेष्ठ २०८१, शनिबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख २१ हजार नाघ्यो, थप २९८१ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२१८२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२४८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ९ हजार २९५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३९६४३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २८८९ जना रहेका छन् ।

१९५४ जना कोरोना संक्रमितमध्ये ११९६ जना पुरुषहरु र ७५८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४७५ जना पुरुषहरु र ३६८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६९६ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९५४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६२३५४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख १८ हजार नाघ्यो, थप ३१६८ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !