४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८८७ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक १२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२४८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ९ हजार २९५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३९६४३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २८८९ जना रहेका छन् ।

१९५४ जना कोरोना संक्रमितमध्ये ११९६ जना पुरुषहरु र ७५८ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ४७५ जना पुरुषहरु र ३६८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६९६ जना, ललितपुर जिल्लाका ११८ जना र भक्तपुर जिल्लाका २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९५४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६२३५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२१८२४ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ८७६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !