२२ बैशाख २०८१, शनिबार

काठमाडौँमा २२५ सहित उपत्यकामा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक ११ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २२५ जनासहित २५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका २२५ जना, ललितपुर जिल्लाका २३ जना र भक्तपुर जिल्लाका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हिजो काठमाडौं उपत्यकामा ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १४ लाख ६९४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४०६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा २९३२ जना रहेका छन् ।

५७० जना कोरोना संक्रमितमध्ये ३ सय ५७ पुरुषहरु र २ सय ११ महिलामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ पुरुषहरु र ९७ महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ५७० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६०४०० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८८४३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा ६७३ सहित उपत्यकामा आज ८९४ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !