१ कार्तिक २०७७, शनिबार १६:२२

नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार नाघ्यो, थप १८०० जना कोरोना संक्रमणमुक्त



कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक १ । नेपालमा पछिल्लो २४ घण्टामा १८०० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८९८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५४३८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ६९ हजार ६०५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८७३७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३२९९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २५४३८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७१५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४५१ जना, ललितपुर जिल्लाका १५२ जना र भक्तपुर जिल्लाका १४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३१६७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२९३०४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार नाघ्यो, थप ३५२२ जना कोरोना संक्रमणमुक्त



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कात्तिक ५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५ हजार ७४३  जनामा पुष्टि भएको छ । योसँगै

काठमाडौँ, कार्तिक ५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा

काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो

काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माण भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । राष्ट्रिय पुनर्निर्माण