४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार नाघ्यो, थप ३५२२ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा ३५२२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८८०४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६५३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ५४ हजार १६७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३७३८२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १२३३६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २५०४६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८२५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १७८४ जना, ललितपुर जिल्लाका ३७४ जना र भक्तपुर जिल्लाका २४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ४३९२ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२६१३७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३५२२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८८०४० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ८४ हजार नाघ्यो, थप ३५६४ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !