७ कार्तिक २०७७, शुक्रबार

नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार नाघ्यो, आज थपिए नयाँ ३१६७ संक्रमित



प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, कार्तिक १ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१६७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२९३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५४३८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ६९ हजार ६०५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८७३७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३२९९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २५४३८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४७१५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४५१ जना, ललितपुर जिल्लाका १५२ जना र भक्तपुर जिल्लाका १४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १८०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८९८४० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो, आज थपिए नयाँ ४३९२ संक्रमित

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत, कार्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज शुक्रबार बिहान नेपाल

मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री

गोरखा, ७ कात्तिक । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी

काठमाडौं, कार्तिक ७ । आज नवरात्रको सातौ दिन कालरात्रि भवानीको पूजा आराधना गरिदैछ । नवरात्रको सातौं दिन आज धुमधामसँग फूलपाती